एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हुँदैछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उनले दिए ।
Comments
अरु समाचार
-
दलीय सहमतिका आधारमा संविधान संसोधन हुन्छः सभापती देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै...
-
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्कने
काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा...
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७...
-
देशमा पश्चिममा मौसमी प्रभाव बढी, आइतबार र सोमबार वर्षाको सम्भावना
२० मंसिर, काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि...
-
रवि–छविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनको बयानलगत्तै वीरगन्ज लगिने
वीरगन्ज । सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति...
-
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको...