विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ ।
कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा भीम खतिवडा र कवि पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरे ।
कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामध्येबाट निर्णायक समितिको सिफारिसअनुसार कवि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिए।
सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १० हजार रहेको छ । यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












