युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान
जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिनुभएको छ । पश्चिम र युक्रेनले रूसको कुस्र्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेका समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गर्नुभएको हो ।
उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ । “यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भन्नुभयो ।“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं।
मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गर्नुभएको छ । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ । उहाँले भन्नुभयो, “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।”
इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताउनुभएको छ । सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भन्नुभएको छ ।
युक्रेनी मन्त्रीले आफ्ना जापानी समकक्षीको भ्रमणलाई ‘विशेष गरी यस्तो कठिन समयमा ऐक्यबद्धताको महत्वपूर्ण सङ्केत’ भन्नुभएको छ । उहाँले किएभको टोकियोसँगको सम्बन्धको प्रशंसा गर्दै भन्नुभयो, “हामीबीच आठ हजार किलोमिटर दूरी भए पनि हाम्रा देशहरू सामाजिक तथा मानवीय नैतिक मूल्य मान्यतामा निकै नजिक छन्।”
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












