विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले गर्यो सर्वोच्चमा पुनरावेदन
काठमाडौँ, ८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो । झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो । सो मुद्दामा आयोगले पुनः पुनरावेदन गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, सङ्गीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो । निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मङ्सिर ७ गते सफाइ दिएको थियो । प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ ।
त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो । सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।
प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो । सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो । आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












