पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
काठमाडौं । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना भन्दाबढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् ।
बजार नजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीयस्थलका रुपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए ।
आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहरा संरचना, पिक्नीकको लागि सेड, बालबालिका खेल्न उद्मान, शौचायलय, पार्कभित्र हिँड्ने सिँढी लगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । विसं २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म रु ५०÷६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।
यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने, “बजार नजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग बेला बेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ ।” त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरुसँग आएको बताए ।
त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भने, “यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् ।” साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाच गानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।
यस उद्यानबाट एतिहासिक तथा धार्मिक करपुरेश्वर महादेव मन्दिर, मस्र्याङ्दी नदी, विभिन्न गाउँ, बेँसीशहर बजारको केही भाग, लमजुङ दरबार, लमजुङ हिमाललगायत विभिन्न हिमालसमेत देख्न सकिन्छ । सो स्थानमा जनयुद्वका बेला नेपाली सेनाले लामो समयसम्म बसोबास गरेको थियो । मुलुकमा शान्ति स्थापनाको केही वर्षपछि स्थानीयको आग्रहमा यहाँबाट नेपाली सेना अन्यन्त्र गएको थियो । सेना गएको केहीवर्षसम्म बम रहेको आशङ्कामा उक्त उद्यानमा स्थानीय जान सकेनन् । केही बमसमेत फेला प¥यो ।
जोखिम नरहेको ठहरपछि वि.सं २०७५ देखि नगरपालिकाले उद्यान निर्माण थालनी गरेको थियो । करपुरेश्वर पार्कबाट परिचित तथा यस उद्यानको नाम परिमार्जित हुनुअघि सो स्थान मलामी चौउरको नामले परिचित रहदै आएको थियो । यहाँ मान्छे मरेर मस्र्याङ्दीमा जलाएर फर्किएपछि सो स्थानमा बस्ने गरेकाले मलामीचौउरको नामले परिचित रहेको स्थानीयको भनाइ छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












