निर्वाचन आयोगले ६ उम्मेदवारलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले ६ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगले ६ जनालाई स्पष्टीकरण सोधेको आयोग प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधिएको हो।
आयोगले बिहीबार काठमाडौंका दुई वटा निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै अनुगमन टोली खटाएको थियो। उक्त टोलीले उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।
काठमाडौंको वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धर, पशुपति कठायत, सम शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई पनि स्पष्टीकरण सोधिएको आयोग प्रवक्ता अर्यालको भनाइ छ।
Comments
अरु समाचार
-
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्कने
काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा...
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७...
-
देशमा पश्चिममा मौसमी प्रभाव बढी, आइतबार र सोमबार वर्षाको सम्भावना
२० मंसिर, काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि...
-
रवि–छविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनको बयानलगत्तै वीरगन्ज लगिने
वीरगन्ज । सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति...
-
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको...
-
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना(सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्...