डलरको विकल्प नखोज्न ब्रिक्स राष्ट्रहरूलाई ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
ब्रिक्समा विश्वका दुई ठूला उदीयमान अर्थतन्त्र चीन र भारत पनि पर्छन् । ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत ब्रिक्स देशहरूले डलरको विकल्प खोज्न गरिरहेको प्रयासलाई अमेरिकाले मूकदर्शक बनेर हेर्न नसक्ने बताउँदै डलरको विकल्प खोजेमा शतप्रतिशत करको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो । ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे उनीहरूलाई अमेरिकी बजारमा आफ्ना उत्पादनहरू बेच्न रोक लगाउनुपर्ने बताउनुभएको छ ।
गएको अक्टोबरमा रुसको कजान शहरमा ब्रिक्सको बैठकका क्रममा सदस्य राष्ट्रहरूबीच सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्नेबारे छलफल भएको थियो । तर बैठकमा ब्रिक्सको साझा मुद्रा ल्याउने विषयमा कुनै छलफल भएन । चुनावी अभियानका क्रममा ट्रम्पले गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी शुल्क लगाउने विषय पनि समावेश थियो । ट्रम्पको घोषणापछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किने डर बढेको छ । ब्रिक्स राष्ट्रमा चीन, भारतसहित ब्राजिल, रुस र दक्षिण अफ्रिका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











