डलरको विकल्प नखोज्न ब्रिक्स राष्ट्रहरूलाई ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
ब्रिक्समा विश्वका दुई ठूला उदीयमान अर्थतन्त्र चीन र भारत पनि पर्छन् । ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत ब्रिक्स देशहरूले डलरको विकल्प खोज्न गरिरहेको प्रयासलाई अमेरिकाले मूकदर्शक बनेर हेर्न नसक्ने बताउँदै डलरको विकल्प खोजेमा शतप्रतिशत करको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो । ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे उनीहरूलाई अमेरिकी बजारमा आफ्ना उत्पादनहरू बेच्न रोक लगाउनुपर्ने बताउनुभएको छ ।
गएको अक्टोबरमा रुसको कजान शहरमा ब्रिक्सको बैठकका क्रममा सदस्य राष्ट्रहरूबीच सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्नेबारे छलफल भएको थियो । तर बैठकमा ब्रिक्सको साझा मुद्रा ल्याउने विषयमा कुनै छलफल भएन । चुनावी अभियानका क्रममा ट्रम्पले गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी शुल्क लगाउने विषय पनि समावेश थियो । ट्रम्पको घोषणापछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किने डर बढेको छ । ब्रिक्स राष्ट्रमा चीन, भारतसहित ब्राजिल, रुस र दक्षिण अफ्रिका छन् ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











