कीर्तिपुर-४ वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार बानियाँ विजयी
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर–४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्।
माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन्। राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।
२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन्।
श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ त्यसबेला पराजित भएका थिए। उनले २०७९ को चुनावमा १०५७ मत ल्याएका थिए।
कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।
Comments
अरु समाचार
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
रास्वपा सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस
काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
जनकपुरले एनपीएल जितेको खुसीमा पर्साको सखुवा प्रसौनीमा आज सार्वजनिक बिदा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज पालिकामा सार्वजनिक बिदा दिएको छ...