ताजा समाचार

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजार ८९२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले एक हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org