ताजा समाचार

एनपिएलः दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा विराटनगरविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्र्तगत विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १८३ रनको विशाल विजय लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सात विकेट गुमाएर १८३ रनको विसाल विजय लक्ष्य प्रस्तुत गरेको हो । बिराटनगरका अनिल खरेलले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे । त्यस्तै क्रिस सोल, स्मतुल्लाहा आलम र बसिर अहमदे समान एक–एक विकेट हात पार्दा सन्दिप लामिछाने विकेट विहिन बन्न पुगे ।

ब्याटिङमा सुदुर पश्चिमका दिपेन्द्र सिंह ऐरी २४ बलमा ५४ रन, ब्रान्डन म्याकमिलन ३६, विनोद भन्डारी २३ ,इसान पाण्डेले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले सामान्य प्रर्दशन गरेका थिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा  भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org