काठमाडौं महानगरद्वारा तीन जना बालबालिकाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ ।
महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।
बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।
बालिका अध्ययन गर्ने विद्यालय काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिका र प्रहरी वृत्त बौद्ध समेतको टोलीले बालबालिकाको उद्धार गरेको हो ।
महानगरपालिकाबाट खटिएका समाजसेवी र बालमनोविज्ञ मार्फत बालिकाको परामर्श गरिएको थियो । बालिकाका सौतेनी बाबुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।
महानगरपालिकासहितको अनुगमन टोलीले पेस गरेको अनुगमन प्रतिवेदनका आधारमा प्रहरीले बालिकाको थापाथली प्रसूति अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।
बालिकासहित तीनैजना बालबालिकालाई अस्थायी संरक्षणका लागि पठाइयो महानगरपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











