चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापती रवि लामिछनेको चितवनमा बयान जारी रहँदा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति, पूर्व उप प्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो ।
राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ ।
Comments
अरु समाचार
-
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होःराष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् ।...
-
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता...
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
योग साधनाको सुरुवाती भूमि नेपाल हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा...
-
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार गरियो: महान्यायाधिवक्ता बडाल
काठमाडौं । फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न विभिन्न नीतिगत सुधार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आइतबार...
-
स्वर्णलक्ष्मी सहकारी ठगी: रविको बयान सकियो, थुनछेक बहस सुरु
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापती रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद...
-
कांग्रेस सभापति देउवाद्वारा आठौं म्याग्दी महोत्सवको उद्घाटन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ।...