ताजा समाचार

‘बैंकको स्टाफ हुँ’ भन्दै ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन प्रभु बैंकको सेवाग्राहीलाई आग्रह

काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय ठगीबाट बच्न सबैमा आग्रह गरेको छ । उक्त बैंकले एक सूचना प्रकाशित गर्दै पछिल्लो समय सेवाग्राहीहरुलाई ‘प्रभु बैंकको स्टाफ हूँ’ भन्दै विभिन्न प्रलोभनमा पारेर खाताको रकम दुरुपयोग गर्ने क्रम बढेको जनाएको छ ।

“तपाईको मोवाइल बैंकिङ्ग सेवाको म्याद समाप्त हुन लागेको हुनाले सेवा सुचारु गर्नको लागि तपाईको मोवाइल बैंकिङ्गको पासवर्ड र OPT कोड दिनु भन्दै फोन तथा मेसेज गरि माग्ने तथा KYC अपडेट गर्ने जस्ता प्रलोभन देखाइ अन्ततः सेवाग्राहीको बैंक खाताको रकम दुरुपयोग गरेको भन्ने बुझिएको” बैंकले जनाएको छ । बैैंकले सचेत गराउँदै भनेको छ. ‘तपाई पनि यस्तै ठगीको शिकार नहुन सजग एवम् सचेत रहन हार्दिक अनुरोध गर्दछौ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org