दक्षिण कोरियाली राष्ट्रपतिले ‘संविधानको गम्भीर र व्यापक उल्लङ्घन’ गर्नुभयो : महाभियोग प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले मार्सल ल घोषणा गरेर संविधानको उल्लङ्घन गर्नुभएको महाभियोग प्रस्तावमा उल्लेख छ ।विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानूनको उल्लङ्घन गर्नुभएको’ भनिएको छ ।
प्रस्तावमा मार्सल ल लगाउने उहाँको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानूनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ । युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गर्नुभएको थियो भने केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गर्नुभएको थियो ।
“यी कार्यले मार्सल ल हटाउन माग गर्न बैठकहरूमा उपस्थित हुन सांसदहरूलाई उल्लेखनीय रूपमा बाधा पुुर्यायो । यस्ता कदमहरू शक्ति पृथकीकरणको सिद्धान्तको सीधा उल्लङ्घन हो र यसले संसद् सदस्यहरूको विचार–विमर्श, मतदान र संसदीय अखण्डताको अधिकारमा असंवैधानिक हस्तक्षेप गर्छ”, प्रस्तावमा भनिएको छ ।संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











