दक्षिण कोरियाली राष्ट्रपतिले ‘संविधानको गम्भीर र व्यापक उल्लङ्घन’ गर्नुभयो : महाभियोग प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले मार्सल ल घोषणा गरेर संविधानको उल्लङ्घन गर्नुभएको महाभियोग प्रस्तावमा उल्लेख छ ।विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानूनको उल्लङ्घन गर्नुभएको’ भनिएको छ ।
प्रस्तावमा मार्सल ल लगाउने उहाँको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानूनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ । युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गर्नुभएको थियो भने केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गर्नुभएको थियो ।
“यी कार्यले मार्सल ल हटाउन माग गर्न बैठकहरूमा उपस्थित हुन सांसदहरूलाई उल्लेखनीय रूपमा बाधा पुुर्यायो । यस्ता कदमहरू शक्ति पृथकीकरणको सिद्धान्तको सीधा उल्लङ्घन हो र यसले संसद् सदस्यहरूको विचार–विमर्श, मतदान र संसदीय अखण्डताको अधिकारमा असंवैधानिक हस्तक्षेप गर्छ”, प्रस्तावमा भनिएको छ ।संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












