ताजा समाचार

रवि लामिछानेलाई सिमरा पुर्‍याइयो

काठमाडौं । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा तर्फ पठाएको छ ।

निज सँगको बयान पूरा भए पछि उक्त कार्यालयले विमान बाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौला सहितको टोलीले निज सँग बयान लिएको थियो ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमरा बाट काठमाडौं हुँदै कास्की पुर्‍याइने जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org