सरकारी वकिललाई विद्यार्थीको प्रश्नः तपाईहरु पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघरमा देखिन्छन् किन ?
काठमाडौं। सरकारी वकिललाई विद्यार्थीहरुले तपाईहरु पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौं रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयमा उच्च सरकारी वकिल कार्यालय, पाटनद्वारा आयोजित समुदायमा सरकारी वकील कार्यक्रममा विद्यार्थीहरुले यस्ते प्रश्न गरेका हुन् ।
उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख तथा सहन्यायाधिवक्ता खत्रीले पूर्व प्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय र अनुपराज शर्मादेखि पूर्वसभामुख दमननाथ ढुंगाना समेत पढेको पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम राखेका थिए। उनले कार्यक्रम गर्ने ठाउँ पनि विशेष रूपमा छानेको देखियो।
उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीदेखि जिल्ला परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलगायतका सरकारी अधिकारीहरुको उपस्थित रहेको थियो। सरकारी वकिलको भूमिका, काम, कर्तव्य र अधिकार तथा समुदायप्रतिको जवाफदेहितालगायतका विषयमा अन्तरक्रिया भयो । उक्त कार्यक्रममा प्रहरी, सरकारी वकिल र विद्यार्थीको सक्रिया सहभागिता रहेको थियो।
समुदायमा सरकारी वकिल कार्यक्रमलाई प्रकाश पार्दै सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले सरकारी वकिल पीडितको वकिल भएको बताइन्। सरकारी वकिलले मुद्दामा बहस गर्दा पीडित पक्षले सरकारी वकिललाई पैसा दिनु नपर्ने उनले प्रस्तुतीका क्रममा सुनाइन्।
सरकारी वकिलको तर्फबाट प्रस्तुती सकिएपछि पद्मोदयमा पढ्दै गरेका एक विद्यार्थीले लिखित रुपमै सरकारी वकिललाई विद्यार्थीले प्रश्न गर्दै उनले भने‘‘सरकारी वकिल पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?’’ जवाफमा सहन्यायाधिवक्ता खत्रीले पीडितको न्यायका लागि सरकारी वकिलले सधै सकारात्मक र कानुन बमोजिम भूमिका खेल्ने बताए। माईतीघर तिर दबाब समूहले आन्दोलन गर्ने गरेको उनले सुनाए।
कार्यक्रममा सहभागीहरुले सरकारी वकिलको नियुक्ति, योग्यताजस्ता विषयमा जिज्ञासा राखेका थिए। हाँसेर जवाफ दिएका सहन्यायाधिवक्ता खत्रीले सहभागीहरुको एक–एक गर्दै जिज्ञासा मेटाए। समुदायको सरकारी वकिलप्रतिको धारणा बुझ्न यस्तो कार्यक्रम आयोजना गर्ने गरेको सहन्यायाधिवक्ता खत्रीले प्रस्ट्याए।
कार्यक्रममा सहभागी विद्यार्थीले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीलाई प्रहरीमाथिको विश्वास गुम्दै गएको छ त्यसलाई उकास्न के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा एसपी अधिकारीले विभिन्न सर्वेक्षणले प्रहरीमाथिको जनविश्वास बढिरहेको देखाएको दाबी गरे। प्रहरी पीडितको पक्षमा काम गर्ने उनको भनाइ थियो।
कार्यक्रममा उच्च सरकारी वकिल, पाटनका उपन्यायाधिवक्ता मुक्तिराम सुवेदी,सहायक न्यायाधिवक्ता नमूना गोदार थापा, गिरीराज न्यौपानेलगायतले सरकारी वकिलको भूमिकाका विषयमा प्रस्तुती दिएका थिए। पद्योदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. शर्मिला पोखरेल उच्च सरकारी वकिल कार्यालय, पाटनले जरूरी र प्रभावकारी कार्यक्रम राखेको भन्दै खुलेर प्रशंसा गरिन्। यस्ता कार्यक्रमले समुदायलाई सरकारी वकिलको भूमिका बुझ्न मद्दत गर्ने उनको विश्वास छ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












