सरकारी वकिललाई विद्यार्थीको प्रश्नः तपाईहरु पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघरमा देखिन्छन् किन ?
काठमाडौं। सरकारी वकिललाई विद्यार्थीहरुले तपाईहरु पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौं रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयमा उच्च सरकारी वकिल कार्यालय, पाटनद्वारा आयोजित समुदायमा सरकारी वकील कार्यक्रममा विद्यार्थीहरुले यस्ते प्रश्न गरेका हुन् ।
उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख तथा सहन्यायाधिवक्ता खत्रीले पूर्व प्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय र अनुपराज शर्मादेखि पूर्वसभामुख दमननाथ ढुंगाना समेत पढेको पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम राखेका थिए। उनले कार्यक्रम गर्ने ठाउँ पनि विशेष रूपमा छानेको देखियो।
उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीदेखि जिल्ला परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलगायतका सरकारी अधिकारीहरुको उपस्थित रहेको थियो। सरकारी वकिलको भूमिका, काम, कर्तव्य र अधिकार तथा समुदायप्रतिको जवाफदेहितालगायतका विषयमा अन्तरक्रिया भयो । उक्त कार्यक्रममा प्रहरी, सरकारी वकिल र विद्यार्थीको सक्रिया सहभागिता रहेको थियो।
समुदायमा सरकारी वकिल कार्यक्रमलाई प्रकाश पार्दै सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले सरकारी वकिल पीडितको वकिल भएको बताइन्। सरकारी वकिलले मुद्दामा बहस गर्दा पीडित पक्षले सरकारी वकिललाई पैसा दिनु नपर्ने उनले प्रस्तुतीका क्रममा सुनाइन्।
सरकारी वकिलको तर्फबाट प्रस्तुती सकिएपछि पद्मोदयमा पढ्दै गरेका एक विद्यार्थीले लिखित रुपमै सरकारी वकिललाई विद्यार्थीले प्रश्न गर्दै उनले भने‘‘सरकारी वकिल पीडितको वकिल भन्नुहुन्छ तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?’’ जवाफमा सहन्यायाधिवक्ता खत्रीले पीडितको न्यायका लागि सरकारी वकिलले सधै सकारात्मक र कानुन बमोजिम भूमिका खेल्ने बताए। माईतीघर तिर दबाब समूहले आन्दोलन गर्ने गरेको उनले सुनाए।
कार्यक्रममा सहभागीहरुले सरकारी वकिलको नियुक्ति, योग्यताजस्ता विषयमा जिज्ञासा राखेका थिए। हाँसेर जवाफ दिएका सहन्यायाधिवक्ता खत्रीले सहभागीहरुको एक–एक गर्दै जिज्ञासा मेटाए। समुदायको सरकारी वकिलप्रतिको धारणा बुझ्न यस्तो कार्यक्रम आयोजना गर्ने गरेको सहन्यायाधिवक्ता खत्रीले प्रस्ट्याए।
कार्यक्रममा सहभागी विद्यार्थीले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीलाई प्रहरीमाथिको विश्वास गुम्दै गएको छ त्यसलाई उकास्न के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा एसपी अधिकारीले विभिन्न सर्वेक्षणले प्रहरीमाथिको जनविश्वास बढिरहेको देखाएको दाबी गरे। प्रहरी पीडितको पक्षमा काम गर्ने उनको भनाइ थियो।
कार्यक्रममा उच्च सरकारी वकिल, पाटनका उपन्यायाधिवक्ता मुक्तिराम सुवेदी,सहायक न्यायाधिवक्ता नमूना गोदार थापा, गिरीराज न्यौपानेलगायतले सरकारी वकिलको भूमिकाका विषयमा प्रस्तुती दिएका थिए। पद्योदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. शर्मिला पोखरेल उच्च सरकारी वकिल कार्यालय, पाटनले जरूरी र प्रभावकारी कार्यक्रम राखेको भन्दै खुलेर प्रशंसा गरिन्। यस्ता कार्यक्रमले समुदायलाई सरकारी वकिलको भूमिका बुझ्न मद्दत गर्ने उनको विश्वास छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












