संघीय कानुन प्रतिकूल स्थानीय सरकारहरुले कानुन बनाउँदा संघीयता कार्यान्वयन अप्ठेरोमा
काठमाडौं । संघीय कानुन प्रतिकूल स्थानीय सरकारहरुले कानुन बनाउँदा संघीयता कार्यान्वयन अप्ठेरोमा परेको निश्कर्ष सरकारी अधिकारीहरुले निकाल्न थालेका छन् । मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।
‘पालिकाहरुले कानून त बनाएका छन् । संघीय कानूनभन्दा विपरित कानून बनाउन पाइँदैन भन्ने छ । तर त्यो खालको अवस्था सिर्जना भएको छैन’, मुख्यसचिव अर्यालले भने, ’त्यसैले त्यसरी निर्माण गरिएका कानूनहरु कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ ।’
संविधानले तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको परिकल्पना गरेको भएपनि त्यसअनुसार कानुन नबनाएकै कारण अलमल देखिएको उनले बताए । जसका कारण संघीयतापछि राज्यका निकायहरुबीच समन्वयको अभाव देखिएको मुख्यसचिवको बुझाई छ ।
‘संघीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेशनको ज्यादै अभाव देखिएको छ । संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनिएको छ, तर धेरै कन्फ्युजनहरु क्रिएट भएका छन्’, उनले भने ।
संघीय सरकारले गठन गरेको आर्थिक सुधार आयोगले संघ, प्रदेश र स्थानीय तहबीच साझा र एकल अधिकारबारे उत्पन्न असमझदारी अन्त्य गर्ने मुख्यसचिव अर्यालले विश्वास व्यक्त गरे । प्रशासनिक सेवाहरु प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुरुप काम अघि बढाइरहेको पनि उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...