इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ ।
इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत महोत्सव , २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको ऊर्जा उद्यमीको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिलाई प्रस्तुत गर्नका लागि विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउन गइहेको कार्कीको भनाइ थियो ।
विस २०५७ माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोहअवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङमुक्त मात्र नगरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा पनि इप्पानको महत्त्वपूर्ण योगदान रहेको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताउनुभयो ।
देशव्यापी रूपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने भएको छ ।
विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा आयोजना गर्न लागिएको रजत जयन्तीमा तीनवटा प्राविधिक सत्र रहने इप्पानले जनाएको छ । सरकारसहति सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा महत्त्वपूर्ण छलफल हुनेछ । विभिन्न सत्रहरूमा ऊर्जाका स्थानीयदेखि सङ्घीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीति तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे मन्थन हुने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिनुभयो ।
रजत जयन्तीका कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कँडेल, कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, कार्यसमिति सदस्य उत्तरकुमार श्रेष्ठ र सुमन जोशी सदस्य रहनुभएको छ ।
स्मारिका प्रकाशनका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । अन्य समितिमा आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, सत्र व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष आनन्द चौधरी, पुरस्कार÷अवार्ड व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष उत्तम भ्लोन लामा, अतिरिक्त क्रियाकलाप व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष रामप्रसाद आचार्य, इभी र्यालीको संयोजकमा उपाध्यक्ष भरतबहादुर खत्री, रजत जयन्ती अवधारणा निर्माणको संयोजकमा उपाध्यक्ष आशिष गर्ग, मञ्च व्यवस्थापन समितिको संयोजकमा उपमहासचिव प्रकाश दुलाल र अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा सचिव कविता कँडेल रहनुभएको छ ।
देशको कुल विद्युत जडित क्षमता करिब तीन हजार तीन सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्र दुई हजार छ सय मेगावाट अर्थात् कुल जडित क्षमताको ८० प्रतिशत विद्युत् उत्पादन हुनुका साथै करिब चार हजार एक सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् । यस्तै, चार हजार तीन सय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा छन् ।
यस्तै, १२ हजार पाँच सय मेगावाट क्षमताका आयोजना पिपीएको पर्खाइमा रहेका छन्भने त्यति नै क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा छन् । यी आयोजनाको अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा रु १५ खर्बभन्दा बढी लगानी भइसकेको छभने सरकारलाई वार्षिक ठूलो मात्रामा रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












