यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
काठमाडौं । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए ।
टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले प्रशिक्षणको व्यवस्था गरिएको बताएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएकि छन् ।
नेपाल क्रिकेट सङ्घ(क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताएका छन् । उनले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताए ।
बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।
Comments
अरु समाचार
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
विश्वकप महिला क्रिकेट : नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग खेलिरहेको छ । नेपालले अष्ट्रेलिया विरुद्ध खेल...
-
विश्वकप महिला क्रिकेट : नेपालविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने
काठमाडौं । आइसीसी यू-१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित...
-
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । लामिछानेलाई...
-
खो खो विश्वकपमा इतिहास रचेको पुरुष र महिला टोलीलाई भव्य स्वागत
काठमाडौं । प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ...
-
यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार
काठमाडौं । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम...
-
नेपालद्वारा स्कटल्याण्डलाई ७४ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम...
-
यू-१९ महिला विश्वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको...
-
प्रथम खो खो विश्वकप: महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि
काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित...