विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।
सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘विकास निर्माणको काम त गर्नुपर्छ। तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ। अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ। घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ।’
उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास पनि व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ।...
-
प्रधानमन्त्रीलाई चिसो लाग्यो, बालुवाटारमा आराम गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिसोले बिरामी परेपछि बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा...
-
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...
-
“नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक”
काठमाडौँ :अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी,...
-
विहीबार अदालतमा उपस्थित हुने शर्तमा रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले विहीबार उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ...
-
सरकार परिवर्तन हुने कुरा निराधार: डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार...
-
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ...