मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढ्यो
काठमाडौँ: मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको हो ।प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार तीनसय दुई लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए ।
त्यसैगरी सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कूल ४४ लाख ४९ हजार एकसय ३३ पुगेको हो । नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो सङ्ख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ ।
आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताउनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ ।
त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे २ तर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ ।
त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आइकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...