किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु
काठमाडौं । युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।
आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।
किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित गरिएपनि राजधानीमा विरलै मृत्युहरू हुने गरेका छन् किनकि राजधानीलाई सुरक्षित गर्न युक्रेनी वायु रक्षा प्रणालीद्वारा अत्यधिक संरक्षित गरिएको छ । देशका अन्य स्थानहरूको तुलनामा किएभमा आक्रमणहरू रोक्न युक्रेनी सुरक्षा संयन्त्र सक्षम छ।
किएभको सैन्य प्रशासनका प्रमुख टिमुर स्काचेन्कोले राजधानीको एक केन्द्रीय क्षेत्रतर्फ सङ्केत गर्दै टेलिग्राम पोस्टमा भने, “शेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु भइसकेको छ ।”
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोस व्यक्त गर्दै लेखेका छन्, “पुटिन शान्ति होइन, युद्ध चाहन्छन् भन्ने यो अर्को प्रमाण हो ।”
उनले भने, “अधिकतम आर्थिक र सैन्य दबाबका माध्यमबाट न्यायपूर्ण शान्ति स्वीकार्न बाध्य पार्नुपर्छ ।” युक्रेनी वायु सेनाले दुई वटा इस्केन्डर ब्यालेस्टिक क्षेप्यास्त्र र २४ वटा रुसी ड्रोनलाई खसालेको जनाएको छ ।
तर खसालिएका क्षेप्यास्त्रहरू किएभको मध्य शेभचेन्किभ्स्की जिल्लामा ‘खसेको’ र औद्योगिक भवन, मेट्रो र आवासीय भवनसहितका क्षेत्रमा क्षति पुगेको र अस्थायी रूपमा स्थानीय पानी आपूर्तिमा क्षति पुगेको बताइएको छ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











