ताजा समाचार

खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै

काठमाडौं । भारतमा जारी खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।

नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुरुष टोली समूह ‘ए’को उपविजेता हुँदै फाइनल पुगेको हो ।

पुरुषतर्फ नेपालले सेमिफाइनलमा इरालाई हराएको थियो भने महिलातर्फ युगाण्डालाई पराजित गरेको थियो ।

फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org