धरौटी लिने कास्की अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको ६५ लाख धरौटी लिने आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा करिब २८ करोडको बिगो मागदाबी हुँदा न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा तारेखमा छाडेका रवि अब उच्च अदालत पुगेका हुन् ।
कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख रुपैयाँ धरौटी माग गरेकोमा चित्त नबुझेको भन्दै रवि उच्च पुगेका हुन् ।
उनले न्यायाधीश राईको उक्त आदेश बेरीतको भएकाले बदर गरी दफा ६९ बमोजिम साधारण तारिखमा बसी मुद्दा पुर्पक्ष गरि पाउन मागसहित उच्च अदालत पोखरामा दफा ६३ बमोजिम निवेदन दर्ता गराएका हुन् । अहिले उनको निवेदन दर्ता प्रक्रियामा छ ।
यस मुद्दामा सरकारी पक्ष यसअघि नै उच्च अदालत पुगिसकेको छ । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको आदेशविरुद्ध लगेको मुद्दामा न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले गत माघ ८ गते १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो।
जिल्ला अदालत कास्कीले लामिछानेसँग ६५ लाख, उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, सहयोगी रामबहादुर खनालसँग १५ लाख, गितेन्द्रबाबु राईकी सहयोगी लीला पछाईसँग ३७ लाख धरौटीमा मागेको थियो ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष एवम् एमालेकी पूर्वसांसद मीना गुरुङसँग ५ लाख, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङसँग १ लाख र कोषाध्यक्ष आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो । उनीहरू सबै जना धरौटी बुझाएर रिहा भएका छन्।
तर उक्त आदेशमा असन्तुष्टि जनाउँदै सरकारी वकिल कार्यालयले उच्चमा निवेदन दिएको थियो । सरकारी वकिलको कार्यालयले सबै सातैजना प्रतिवादीलाई थुनामै राखेर पुर्पक्ष हुनुपर्ने माग गरेको छ ।
जिल्लाको आदेश बदर माग गरिएको निवेदन परेपछि उच्च अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश भइसकेको छ । जिल्लाले प्रतिवेदन पठाएपछि प्रक्रिया बढ्नेछ । रविले पनि जिल्लाको आदेशविरुद्ध रिट हालेकाले यो मुद्दालाई उच्चले एकै ठाउँ राखेर निर्णय दिन सक्नेछ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












