ताजा समाचार

महिला त्रिकोणात्मक टी–२० सिरिज: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । काठमाडौंको किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।

बिहीबार भएको रोमाञ्चक खेलमा जितका लगि एक सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटियो हो ।

नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक २८ रन बनाईन् । यस्तै कविता जोशीले २७, पुजा महतोले २४ र रुविना क्षेत्रील ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेदरल्यान्ड्सका इभा लेन्च र क्यारोलिन डे लन्जले दुई–दुई तथा आईरिस जेविलिङ र फेडेरिक ओभरडिजले एक–एक विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४८ बलमा आठ चौकाको सहयोगमा ५९ रन बनाईन् । यस्तै आईरिस जेविलिङले अविजित ३१ तथा स्टेरे केलिसले २९ र हिदर सिगर्सले २३ रन बनाईन् ।

बलिङमा नेपालका सिता रानामगर, इश्वरी विष्ट, पुजा महतो र कविता कुँवरले एक एक विकेट लिए । नेपालका लागि अलिशाकुमारी यादव तथा मनिषाकुमारी उपाध्यायको राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित छ । नेपालले दोस्रो खेल माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org