पाकिस्तानी फुटबल संघ फिफाको निलम्बनमा
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको छ ।
पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म पीएफएफको निलम्बन कायम रहनेछ ।
फिफा र एएफसीले प्रस्तुत गरेको पीएफएफ विधानलाई पीएफएफको कंग्रेसले अनुमोदन गरेपछि मात्र निलम्बन हटाइने पनि फिफाले जनाएको छ ।
पाकिस्तान फुटबल निलम्बनमा परेको यो पहिलो पटक भने होइन । यसअघि फिफाले सन् २०२१ मा पनि पाकिस्तान फुटबल निलम्बन गरेको थियो । उक्त निलम्बन सन् २०२२ मा फुकुवा भएको थियो ।
निलम्बनपछि पाकिस्तान फुटबलले अन्तर्राष्ट्रिय खेलहरुमा पुनरागमन गरेको थियो तर त्यहाँको फुटबल अझै पनि सामान्य रुपमा अघि बढ्न नसकेपछि फिफाले पाकिस्तान फुटबललाई फेरि निलम्बन गरेको हो ।
यो लम्बनपछि पाकिस्तानले आगामी मार्चदेखी हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्ने–नखेल्ने अनिश्चित बनेको छ । उक्त छनोटमा पाकिस्तान रहेको समूह ई मा सिरिया, अफगानिस्तान र म्यानमार छन् ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











