विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पेश भएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभयो ।
यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चाैरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।
यस अघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणका कामलाई तीव्रता दिन तथा किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हेटौडा सिमेन्ट उद्योगको सञ्चालनमा देखिएको समस्या समाधान गर्न तत्काल ध्यान दिन, सहकारी पीडितको बचत रकम फिर्ता गरी समस्याको स्थायी समाधान खोज्न, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक सडक तथा फ्लाईओभरहरु निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई सरल र सहज बनाउन, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्ड सहित सडक दुर्घटनाको जोखिम रहेका सडक खण्डहरूको स्तर उन्नति गरी दुर्घटना न्यूनीकरणका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको आर्को बैठक माघ २७ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











