ताजा समाचार

माओवादीले थोपरेको जनयुद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलियोः महामन्त्री थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनयुद्धका नाममा माओवादीले थोपरेको युद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन् ।

पाल्पाको पूर्वखोलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले जनयुद्धका नाममा माओवादीले थोपरेको हिंसाले देश बीसौं वर्ष पछाडि धकेलिएको जिकर गरे ।

महामन्त्री थापाले नेपालको राजनीतिमा माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरे । महामन्त्री थापाले भने, ‘५० देखि ६० को दशक हिंसामा बित्यो, त्यसपछिको १० वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो ।

त्यस्तै, उनले अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ, केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने । सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन् ।’

एमालेले हिंसा शब्द प्रयोग गर्दा माओवादीले आपत्ति जनाइरहेका बेला कांग्रेस महामन्त्रीले पनि माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताए । महामन्त्री थापाले कांग्रेसले मिसन ८४ भन्ने अधिकार नरहेको भन्दै यो ३ वर्षको अवधिमा आफ्ना बाचा पूरा गर्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org