सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएका छन् ।
विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा आज यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए ।
हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरे । “संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,” उनले भने ।
मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे ।
Comments
अरु समाचार
-
बारको चुनावमा रमनसँग बदला लिँदै निजी व्यवसायी
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा समसामयिक...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
गृह मन्त्रालयले नौ उपसचिवको गर्यो सरुवा
काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ। शुक्रबारको निर्णय अनुसार सरुवा हुनेमा ६ जना सहायक प्रमुख जिल्ला...