ताजा समाचार

प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बाेलाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले शुक्रवार साँझ ६ः०० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने उनले जानकारी दिए।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन्। त्यस्तै काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org