आज महत्वपूर्ण संसद् बैठक, अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस र एमालेको ह्विप
काठमाण्डाै । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । संसद् बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सरकारले भूमिसम्बन्धीबाहेक अरू अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेश गर्दैछ । अध्यादेशहरू पारित गर्नका लागि कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य संसद् बैठकमा उपस्थित हुन ह्विप जारी गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमि अध्यादेशको पक्षमा नदेखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजान लागेको हो । सरकारले यसअघि सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, निजीकरण संशोधन अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ प्रतिनिधिसभामा टेबल गरेको थियो ।
अब आजको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धीबाहेकका अरू पाँच वटा अध्यादेश स्वीकृतिका लागि पेश हुन लागेको हो । संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र अध्यादेश संसद्बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेशको आयु अब २७ दिन बाँकी छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












