ताजा समाचार

अमेरिकामा अवैध ठहरीएका नेपाली बोकेको विमान काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।

अहिले विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी–२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।

नेपालसँग भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org