ताजा समाचार

सरकारले जिरो नम्बर दिए पनि त्यसले फरक पर्दैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जिरो वा सय नम्बर दिए पनि त्यसले फरक नपार्ने बताएका छन् ।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केनद्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा  उनले आफ्नो कामको मूल्यांकन जनताले गरिरहेको बताएका हुन ।

पाँच/छ वटा स्पष्टीकरण दिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले पदमा रहदा अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले कर्मचारीहरूसँग मिलेर आफूले जिम्मेवारी लिएर काम गरिरहेको समेत बताए । आठ वर्षअघि आफू प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा ५० देखि ५५ प्रतिशत मात्रै विद्युतीकरण रहेको समेत घिसिङले जानकारी दिए ।

टुकीमुनि बस्नेलाई बिजुलीको उज्यालो दिनु पर्नेमा अब खेत खेतमा पनि विद्युतीकरणको आवश्यकता महसुस भएको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org