३२ वटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत निर्वाचित
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमुखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र सेती क्याम्पस बझाङमा दीपेन्द्र दौल्याल सभापतिमा निर्वाचित भएका हुन् ।
त्यसैगरी दर्छा क्याम्पस रामपुर पाल्पामा अनिशा कोइराला, मैनापोखर शारदा बहुमुखी क्याम्पस बर्दियामा सागर खत्री, लटिनाथ क्याम्पस दार्चुलामा रुकेशसिंह विष्ट, कृष्ण स्नातक क्याम्पस दार्चुलामा ओमकार पाल, नव प्रभात संयुक्त क्याम्पस कुलाउ पञ्चेश्वर बैतडीमा सपना चन्द, देवदह आदर्श बहुमुखी क्याम्पसमा अश्विन न्यौपाने, बूढीनन्दा क्याम्पस बाजुरामा भाष्कर शाही, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा मिना रावत, कुशादेवी क्याम्पस काभ्रेपलाञ्चोकमा मोनिका हुमागार्इं, जनक क्याम्पस काभ्रेपलाञ्चोकमा सञ्जीव गिरी, सर्वमङ्गला क्याम्पस काभ्रेपलाञ्चोकमा श्रीकृष्ण भट्टराई, तेजगङ्गा क्याम्पस काभ्रेपलाञ्चोकमा सुजन सापकोटा, जनआदर्श बहुमुखी क्याम्पस चितवनमा अनुज न्यौपाने सर्वसम्मत सभापति पदमा निर्वाचित भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी गुल्मीका दिगाम आदर्श बहुमुखी क्याम्पसमा उषा पाण्डे, सिन्धुपाल्चोकको सिन्धु भ्याली क्याम्पसमा सन्दिपा चौलागाईं, धनकुटाको हिले क्याम्पसमा विशाल तितुङ, बर्दिया बहुमुखी क्याम्पसमा दुर्गा खत्री, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत, जाल्पादेवी क्याम्पस धनकुटामा चेतराज पौडेल, शारदा क्याम्पस सल्यानमा विश्व खड्का, सिन्धुपाल्चोकको ठोर्कपा क्याम्पसमा शर्मिला घर्ती उदबुद्ध कलेज पाल्पामा कृष्णा झापुर्लुक, मिर्मी बहुमुखी क्याम्पस स्याङ्जामा मुना न्यौपाने र धुलिखेल क्याम्पस काभ्रेपलाञ्चोकको सभापतिमा स्वागत चापागाईं निर्वाचित भएको प्रवक्ता पौडेलले बताए ।
Comments
अरु समाचार
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...












