ताजा समाचार

प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता पक्राउ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org