स्ववियु निर्वाचन सम्पन्न: तालाबन्दी, झडप र धाँधलीका कारण प्रमुख क्याम्पसमा भएन निर्वाचन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका विभिन्न क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ। विद्यार्थीहरुको हक, हित र अधिकारका सम्बन्धमा काम गर्ने तथा विद्यार्थीहरुको साझा प्रतिनिधि संस्था मानिएको स्ववियुको निर्वाचन त्रिविअन्तर्गत देशभरिका ६२ वटा आंगिक क्याम्पस मध्ये ३८ र ३०० वटा सम्बन्धन प्राप्त क्याम्पसमा सम्पन्न भएको छ।
वर्तमान सरकारमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले निकट मानिएका दुई ठूला विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबीच प्रमुख प्रतिस्पर्धा रहेको निर्वाचन सम्पन्न भए पनि त्रिविका प्रमुख कलेजहरूमा तालाबन्दी, झडप र धाँधलीका कारण निर्वाचन नै स्थिगित हुन पुगेका छन् ।
जसमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उम्मेदवारी दर्ताका क्रममा नेविसंघ र अनेरास्ववियुबीच विवाद हुँदा प्रशासनमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन् । त्यस्तै पाटन संयुक्त क्याम्पस, ललितपुरमा विवाद उत्पन्न भएपछि झडप हँुदा अनेरास्ववियुका चारजना कार्यकर्ता घाईते भएका छन् भने, मतदान नै स्थिगित हुन पुगेका छ । रत्नराज्य लक्ष्मी क्याम्पस, अमर सिंह कलेज, पोखरा, धरान क्याम्पस, धरान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, जनकपुर क्याम्पस, जनकपुर, बुटवल बहुमुखी क्याम्पस, बुटवल, नेपालगञ्ज क्याम्पस, नेपालगञ्ज, महेंद्र रत्न क्याम्पस, इलाम लगायत धेरै क्याम्पसहरुम विवादका कारण निर्वाचन हुन सकेको छैन् ।
स्ववियु चुनाव शान्तिपूर्ण र निष्पक्ष हुनुपर्ने भए पनि राजनीतिक प्रतिस्पर्धाले विद्यार्थीहरूको शैक्षिक वातावरणलाई नै प्रभावित बनाइरहेको छ । कलेज प्रशासन, विश्वविद्यालय र सुरक्षा निकायले निष्पक्ष हस्तक्षेप नगरेसम्म यस्ता घटनाहरु दोहोरिरहने सम्भावना छ। सत्ता गठबन्धनमै रहेका कांग्रेस र एमाले नेतृत्वले विद्यार्थी तहमा देखिएको विवादलाई हल गर्न पहल नगरे विद्यार्थी राजनीतिमा ध्रुवीकरण झन् बढ्ने देखिन्छ।
यदि संगठनहरु बीचको झडप, धाँधली र असहमतिले निरन्तरता पायो भने, यसको प्रत्यक्ष असर विद्यार्थी राजनीतिबाट सरकार सम्म पर्नेछ। युवा असन्तुष्टि र शिक्षा प्रणालीमा नकारात्मक असर जस्ता समस्याहरू देखिन सक्छन् । त्यसैले, अहिले नै क्याम्पस तहमा देखिएको विवादलाई हल गर्दै निष्पक्ष विद्यार्थी राजनीति निर्माणतर्फ ध्यान दिन आवश्यक छ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












