परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच आज भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











