ताजा समाचार

इजरायलले गाजामा गरेको आक्रमणमा ४१३ को मृत्यु

काठमाडौं । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ ।

जारी इजरायली आक्रमणमा ५ सय ६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायल रक्षा बल र शिन बेटले गाजा क्षेत्रमा आक्रमण गरेका हुन् । हतियार भण्डार र थप सैन्य पूर्वाधारमा आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः शुरु गरेको बताएको छ ।

हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाए र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org