प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो ।
एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए ।
योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ ।
यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।
Comments
अरु समाचार
-
आईपीएलः दिल्लीलाई हराउँदै आरसीबी शीर्षस्थानमा
काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी) ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
अण्डाको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका...
-
आईपीएल क्रिकेटः कोलकाता र पञ्जाबको खेल नतिजाविहिन
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ । इडेन गार्डेनमा...
-
ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन
काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार...
-
एनएसएलको उपाधी भिडन्त : आज ललितपुर र पोखरा भिड्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित...
-
क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आइपुग्दै छन् । प्रशिक्षक लु आज शुक्रबार नेपाल...
-
त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा
काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार,...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...