ताजा समाचार

रवि लामिछानेद्धारा जिल्लाको फैसलाविरूद्ध उच्च अदालतमा मुद्धा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगि प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले लामिछानेसँग माघ २ गते ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी सभापति लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । साथै, उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org