ताजा समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्।

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए। पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org