बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०–३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक भ्यान चालक कोइरालालाई उपचार गर्न चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो । त्यहाँ उपचारको क्रममा आज बिहान सवा चार बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । कोइरालाको मृत्यु भएपनि स्थानीयवासीले मनहरी बजारस्थित सडक अवरुद्ध पारेका थिए । अहिले सडक खुलिसकेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
भारतीय विद्युत मन्त्री नेपाल आउँदै
काठमाडौं । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन्। ऊर्जा, जलस्रोत...
-
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले...
-
चार दिने भ्रमणका लागि उपराष्ट्रपति भान्स भारतमा
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो औपचारीक भ्रमणमा भारत आइपुगेका छन् । उपराष्ट्रपति भान्स चार दिने भ्रमणका क्रममा...
-
अमेरिकी हवाई आक्रमण १२ जना हुथी विद्रोहीको मृत्यु
काठमाडौं । अमेरिकाले यमनमा हुथी विरुद्ध ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको...