ताजा समाचार

रवीन्द्र मिश्र, धवल शमशेर, स्वागत नेपालसहित ५ जना पक्राउ, दुर्गा पर्साइ फरार

काठमाडौं । राजवादी प्रर्दशनलाई हिंस्रक बनाउन भुमिका निभएको भन्दै प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। त्यस्तै प्रर्दशनको कमाण्डर दुर्गा पर्साइ फोन अफ गरेर वेपत्ता भएका छन् ।

काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।

प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org