ताजा समाचार

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोनवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोनवार्त भएको छ ।

संसदमा जारी अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका छन् ।

सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको उनले बताए । त्यस्तै, विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज साँझ ५ बजे सर्वदलीय बैठक समेत आह्वान गरि सकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org