ताजा समाचार

त्रिवि केन्दीय क्याम्पसमा स्ववियुको मतदान सम्पन्न, आजै नतिजा आउँने

काठमाडौं । पटकपटक स्थिगित भएको त्रिवि केन्दीय क्याम्पसको स्ववियु निर्वाचनको मतदान सम्पन्न भएको ।

बिहान ८ बजेदेखि सुरु भएको मतदन दिउँसो ४ बजेसम्म चलेको थियो । निर्वाचन समितिका अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार यहाँ कुल ३ हजार १ सय १८ मत खसेको छ ।

त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता भए पनि करिब ५० प्रतिशतमात्रै मत खसेको अधिकृत न्यौपानेले बताएका छन् । उनले भने, ‘मतदान सकियो । मुचुल्का उठाउँदै छौं, केहीबेरमा गणना सुरु हुन्छ’ ।

त्रिवि केन्द्रीय क्याम्पसमा विद्युतीय भोटिङ मेसिनमा मतदान भएकाले आजै नतिजा आउँछ आउने बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org