आईपीएल क्रिकेट: पञ्जाबले लखनउलाई आठ विकेटले हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । हिजोको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७ रन बनायो ।
पञ्जाबका प्रभसिमरन सिंहले सर्वाधिक ६९ रन बनाए । कप्तान श्रेयस अय्यरले भने लगातार अर्धशतक पूरा गरे । उनले अविजित ५२ रन बनाए । यसअघि उनले गुजरातसँगको खेलमा पनि अविजित ९७ रन बनाएका थिए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए । त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
लखनउका निकोलस पुरनले ४४ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यो जीतसँगै पञ्जाब दुई खेलबाट चार अङ्क बटुल्दै शीर्ष दुईमा उक्लिएको छ । लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउ तीन खेलमा दुई अङ्कसहित छैटौं स्थानमा छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स खेल्दैछन् ।
Comments
अरु समाचार
-
यु- १९ पुरुष विश्वकप एसिया छनोट : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङमा
काठमाडौं । नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको...
-
आईपिएलमा आजः लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली...
-
स्कटल्यान्डमा हुने लिग-२ सिरिजको बन्द प्रशिक्षणमा ४८ खेलाडीहरु समावेश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आगामी जुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा...
-
आर्मीलाई हराउँदै पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले...
-
नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा चर्चित अष्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल
काठमाडाैं । नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले शुक्रबार...
-
पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी
काठमाडौं । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा...
-
आइपीएलमा आजः दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्ने
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको १८औं संस्करण आज एक खेल हुँदैछ...
-
आइपीएलमा आजः हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...