नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपाल सहित ५ जना निलम्बित
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ । अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आईएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो ।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।
निलम्बन हुनेमा अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना रहेका छन् ।
त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरूमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ ।
गत कात्तिकमा नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरिएको थियो । नेपाली काग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना नियुक्त गरिएको थियो ।
नेकपा (एकीकृत समाजवादी) को भागमा महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना परेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना नियुक्त भएका थिए ।
Comments
अरु समाचार
-
कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइनमार्फत सूचीकरण गनुपर्ने
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता...
-
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाडौं । भन्सार सम्बन्धी ऐनलाई संसोधन तथा एकिकरण गर्न बनेको भन्सार विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ ।...
-
प्रधानमन्त्रीको राजिनमा माग
काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न हतारिएका छन् । आज बुधबार बसेको प्रतिनिधि सभाको...
-
रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयोः मनिष झा
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आज बुधबार बसेको...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...