ताजा समाचार

त्रिचन्द्रको स्ववियु सभापतीमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतीमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । गत चैत १९ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतीमा कोइरालाले १२१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

प्रमुख प्रतिद्धन्दीहरुलाई कोइरालाले ठूलो मतान्तरले पराजीत गर्दै निर्वाचित भएका हुन् । उननका प्रतिस्पर्धीहरु मध्ये स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत पाउँदा नेकपा एमाले निकट विद्यार्थी संंगठन अनेरास्ववियुबाट सभापतीका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए ।

नवनिर्वाचित समितिमा सचिव र कोषाध्यक्ष समेत नेविसंघले जितेको छ । सचिवमा आशिष गिरीले ८५६ मत प्राप्त गरे भने कोषाध्यक्षमा दुष्यन्त गौतमले ८८३ मत पाएर निर्वाचित भए ।

२०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन । नेविसंघ विरुद्ध अन्य पाँच विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org