ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न बालेनले गरे नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।

बिहीबार गुरागाईं महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

कमलादीस्थित महानगरपालिकामा गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका लागि स्वागत गर्न वडाध्यक्ष तथा कर्मचारी उपस्थित भएका छन् । तर गुरागाईंलाई रोक्न नगरप्रहरी परिचालन भएको छ ।

महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेर जिम्मेवारीबाट हटाएको थियो ।
समाधानको मुख्य मियो मेयर बलेन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ ।

प्रमुख प्रशाशकीय अधिकृत नहुदा काठमाडौं महानगरपालीकाका आर्थिक तथा प्रशासनिक काममा असर पर्नुका साथै महानगर अन्र्तगतका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org