ताजा समाचार

किन जाँदैछन् सभामुख देवराज घिमिरे उज्बेकिस्तान ?

आईपियुको १५० औं सम्मेलनमा सहभागी हुन नौ सदस्यीय टोलीको नेतृत्व गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरे आज कतार एअरवेजको उडानमार्फत उज्बेकिस्तानको राजधानी तासकन्तको भ्रमणमा निस्किएका छन् । सभामुख घिमिरे आज कतारको दोहा हुँदै उज्बेकिस्तान जान लागेका हुन् ।

तासकन्तमा हुने अन्तरव्यवस्थापिका संघ (आईपियु) को १५० औं सम्मेलनमा सहभागी हुन नौ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान सवा १० बजे काठमाडौंबाट प्रस्थान गरेको हो ।

उक्त सम्मेलनमा तास्कन्त जाने टोलीमा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र रास्वपा सांसद सोविता गौतम, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ पनि रहेको बताइएको छ ।

संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्क राई,संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईलाई पनि टोलीमा राखिएको छ ।
सभामुखसहितको भ्रमण टोली सम्मेलनमा सहभागीता जनाएर आगामी चैत २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org